बागलुङमा बाढीले दुई घर पुरिए

बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ तारीखेतमा घर माथिदेखि आएको भलसहिको बाढीले दुई घर पुरिएको छ । अविरल वर्षाका कारण ठाडो खोलामा आएको भलसहितको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूण रुपमा पुएिको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो।

राति १ बजे तिर आएको बाढी घर भित्र पसेको प्रहरीले जनाएको छ । बाढीले घर पुरिँदा मानविय क्षेति भने नभएको वन्तको भनाई छ । बाढीका कारण त्यस अवरपरका घरहरु पनि पहिरोको जोखिममा परेका छन् । राति बाढी घर भित्र पसेपछि त्यस घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी प्रमुख जन्तले जानकारी दिनुभयो । तमबहादुरको घरमा अन्य तीन परिवारहरु बस्दै आएका थिए ।

महतको घरमा बस्दै आएका मानबहादुर कुँवर, तिर्थबहादुर छन्त्याल र सरिता विकलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । बाढीका कारण सात परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घरसँग सालझण्डी(ढोरपाटन सडकमा समेत बाढीले क्षति पु¥याएको बताइएको छ । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार