बेनीमा माओवादीले ५७ सदस्यीय नगर कमिटी बनायो

बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीलाई ५७ सदस्यीय बनाइएको छ । सोमबार बेनीमा बसेको पुर्ण बैठकले रिक्त पदमा पुर्ति गरेर १९ सदस्यीय सचिवालय, कार्यालय र आर्थिक बिभाग बनाएको छ ।

नगर कमिटी अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा ज्योती लामिछाने, नगेन्द्र केसी, खिम पुन, अणबहादुर खड्का (भगवान), अम्बिका ढुङ्गाना र ज्ञानेन्द्र सुबेदी सदस्य रहेको कार्यालय बनाइएको छ ।

यसैगरी ज्ञानेन्द्र सुबेदीको संयोजकत्वमा टेकप्रसाद सापकोटा र सन्दिप केसी सदस्य रहेको आर्थिक बिभाग गठन भएको छ । बैठकले सबै वडामा पार्टी, जनबर्गीय संगठनको भेला, बैठक र सदस्यता नबिकरण अभियान चलाउने निर्णय गरेको छ ।

बैठकमा रिपोटिङ गर्ने वडा कमिटीका अध्यक्ष र जनवर्गीय संगठनका प्रतिनिधीहरुले संबिधान, संघीयता, समावेशी ब्यवस्था माओवादी आन्दोलनले गर्दा भएको जनताले बुझ्न थालेको, संबिधान र राष्ट्रियताको रक्षाका लागि पार्टी नेतृत्वले गरेको भूमिका सहनीय भएको, संघीयताका कारण बिकट र दुर्गम गाउँ बस्तीमा बिकास गतिबिधी बढेका, निश्क्रिय रहेका नेता कार्यकर्ता माओवादीमा खुल्न थालेको बताएका थिए ।

बैठकलाई माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोबिन्द पौडेल, संयोजक रेशम जुग्जाली (सुबिन), प्रदेश कमिटी सदस्य तथा गण्डकी प्रदेश सांसद बिनोद केसीले सम्बोधन गर्नुभएको थियो । नेताहरुले जनतालाई माओवादीले गरेका राम्रा कामको बारेमा जानकारी गराउने, बिरोधीले छरेका भ्रम निवारण गर्दै नागरिकको समस्या पहिचान र समाधानमा समन्वय गर्न निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार