भान्सा कोठामा कौडा खेलिरहेका १७ जना पक्राउ

झापा । दमक नगरपालिका–१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको ईलाका प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार