भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना

एजेन्सी । तालिमको क्रममा रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको चर्चित पर्यटन स्थल जम्मू क्षेत्रमा रहेको उधमपुर जिल्लाको पटनी टपको माथिल्लो इलाकामा उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाधयहरुले जनाएको छ । सेनाको चीता हेलिकोप्टर मंगलबार दुर्घटनाग्रस्त हुँदा पाइलट र को–पाइलट गम्भीर घाइते भएका छन् ।

जम्मूका सेनाका अनुसार उक्त हेलिकोप्टर तालिमको क्रममा उडाइएको थियो ।जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा दुर्घटनाग्रस्त भएको हो । गम्भीर रुपमा घाइते दुबै पाइलटलाई नजिकैको सैनिक अस्पताल पुर्याइएको छ ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार