मालिका गाउँपालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

बेनी। म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ ।माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल, दलित मुक्ति मोर्चा पुर्नगठनका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराइएको छ ।

निस्कोटमा रमेश पुनको अध्यक्षता, पुकार घर्ति सचिब रहेको ३१ सदस्यीय माओवादीको वडा र महेश पुन (माधव) अध्यक्ष, राजेश सुनार सचिब, मेखबहादुर घर्ति उपाध्यक्ष, ज्ञानबहादुर पुन कोषाध्यक्ष र सबिन गोतामे सहसचिब रहेको वाइसिएलको वडा कमिटि गठन भएको छ ।रुममा हर्कलाल दर्जी अध्यक्ष, यामबहादुर पुन सचिब रहेको माओवादी केन्द्रको ४१ सदस्यीय वडा कमिटी गठन भएको छ । गनेश घर्ति अध्यक्ष, जिवन दर्जी सचिब रहेको ३५ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको छ ।

एमालेबाट खिमबहादुर बिकको नेतृत्वमा माओवादीमा प्रवेश गरेका १२ जनालाई स्वागत भेलामा स्वागत गरिएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । डाडागाउँमा सरस्वती पुन अध्यक्ष, लालबहादुर घताने सचिब रहेको माओवादी केन्द्रको ३५ सदस्यीय वडा कमिटि र गम रोका अध्यक्ष रहेको वाइसीएल र प्रकाश बिक अध्यक्ष रहेको १९ सदस्यीय दलित मुक्ति मोर्चा गठन भएको छ ।

माओवादीमा प्रवेश गरेका ज्ञानबहादुर पुन, डलबहादुर घर्ति लगायतलाई जिल्ला संयोजक जुग्जाली, पालिका कमिटीका संयोजक गोबिन सिउथानी, युवा नेता दोरण शेरचन लगायतले स्वागत गर्नुभएको थियो ।भेलालाई सम्बोधन गर्दै जिल्ला संयोजक जुग्जालीले संबिधान, गणतन्त्र, समावेशी, संघीयता जस्ता राजनीतिक उपलब्धीलाई संस्थागत गर्न प्रगतिशिल बामपन्थी शक्तिको एकता र संबिधानका रक्षकहरुबीच सहकार्यको आवश्यकता औल्याउनुभयो ।

‘हिजो माओवादीले परिकल्पना गरेको जस्तो राज्य ब्यवस्था ल्याउन अब नेपालमा माओवादीकै नेतृत्व आवश्यक छ,’ उहाँले भन्नुभयो ‘माओवादीले अघि सारेको संघीयताले गाउँमा आउने बिकास बजेट बढेको छ, पछाडी परेका जातजाती र समुदायले अवसर पाएका छन् । समाजलाई आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीलाई साथ दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार