म्याग्दीमा तीन जना जनप्रतिनिधिले रोजे नेकपा एकिकृत समाजवादी, अन्तिम समयमा फकाउन पुगे नेकपा एमालेका अध्यक्ष र सचिव (तस्बिर सहित)

म्याग्दी । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधीहरुलाई दिएको मितिको अन्तिम दिन तीन जना कार्यपालिका सदस्यहरुले बेनी स्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको हो ।

नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी रोज्नेहरुमा जिल्लाको बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार बिश्वकर्मा ,दुर्गा कार्की बानियाँ र धवलागिरी गाउँपालिका गाउँ कार्यपालिका सदस्य देउप्रसाद छन्त्याल रहेका जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

कार्की नगरपालिका–४,बाट वडा सदस्यमा निर्वाचित भएर कार्यपालिकामा प्रतिनिधित्व गर्नुहुन्छ । छन्त्याल र विश्वकर्मा एमालेमा रहँदा जिल्ला कमीटिको सचिवालय सदस्य हुनुहुन्थ्यो । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले विश्वकर्मा ,कार्की र छन्त्यालले कार्यालयमा उपस्थित भएर नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । सनाखत गर्न निर्वाचन आयोगकोका कार्यालय पुगेका तीन जनालाई रोक्न नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सचिव बालकृष्ण सुवेदी निर्वाचन कार्यालयमा पुग्नुभएको थियो । भावुक हुनुभएका श्रेष्ठ र सुवेदीले तीनै जनाले फोन नउठाएपछि अन्तिम प्रयास स्वरुप भेटेर निर्णय सच्याउनका लािग अनुरोध गर्न निर्वाचन कार्यालयमा आएको बताउनुभयो । विभाजनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने भएकोले पार्टी भित्रै रहेर पार्टी भित्रका गलत क्रियाकलाप विरुद्ध अन्तरसंघर्ष गर्नुपर्नेमा दुवै नेताको जोड थियो ।

यता सनाखतका लागि निर्वाचन कार्यालय पुग्नुभएका तीनै जनाले निर्णय फिर्ता नहुने बताउनुभयो । पार्टी अध्यक्ष केपी ओलीले गरेका संविधान ,पार्टीको निति ,विधान,राष्ट्रिय हित बिपरितका क्रियाकलाप विरुद्ध संविधान र व्यवस्थाको रक्षाका लागि निर्णयबाट पछि नहट्ने जवाफ दिनुभएको थियो ।

नेकपा एमालेको धवलागिरी गाउँ कमीटि अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नुभएका छन्त्यालले एमालेमा व्यक्तीबादी हाबी भएको आरोप लगाउनुभयो । संघिय,प्रदेशर पालिकाका जनप्रतिनिधिहरु कार्यकर्ताको भावन बिपरित वडा र टोलगत स्वार्थमा लागेको ,अपादर्शी गतिविधिमासंलग्न भएको उहाँको आरोप थियो ।

म्याग्दीमा प्रतिनिधिसभा सदस्य सांसद भुपेन्द्र बहादुर थापा,थममाया थापा,प्रदेशसभा सदस्य नरदेवी पुन,जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ ,प्रदेश कमिटि सदस्य नवराज शर्मा,जिल्ला उपाध्यक्ष तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसी एमालैमा रहनुभएको छ । धवलागिरी गाउापालिका अध्यक्ष थमसरा पुन,उपाध्यक्ष रेशम छन्त्याल ,मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगर ,उपाध्यक्ष सिर्जना केसी ,मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालु लगायत २३ वटा वडा अध्यक्ष र सदस्यहरु एमालेमै रहनेभएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार