युभेन्ट्स रेलिगेसन जोनमा

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस् र एसि मिलानले बराबरी खेल्दै अंक बाढेका छन् । आइतबार राति भएको खेलमा युभेन्ट्स र एसि मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

टुरिनस्थित घरेलु मैदानमा युभेन्ट्सले सुरुवाती अग्रता बनायो । खेलको चौथो मिनेटमा अल्भारो मोरटाले गोल गरे । उनले कप्तान पाउलो डिबलाको पास सदुपयोग गरे । पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको एसि मिलान दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ७६ मिनेटमा एन्टे रेबिकको गोलमा एसि मिलानले बराबरी गोल फर्कायो । रेबिकले सान्द्रो टोनालीको पास सदुपयोग गरेका थिए ।

सिरी ए मा जितबिहिन रहेको युभेन्ट्स रेलिगेसन जोनमा रहेको छ । ४ खेलमा २ हार र २ बराबर खेलेको युभेन्ट्स २ अंक सहित तालिकाको १८औँ स्थानमा छ । एसि मिलान भने समान १० अंकसहित ४ खेलबाट दोस्रो स्थानमा छ । गएराति नै भएको अर्को खेलमा रोमाको अपराजित यात्रा टुंगिएको छ । भ्रमणकारी टोली रोमा हल्लास भेरोनासँग ३–२ गोल अन्तरले पराजित भयो । भेरोनामा भएको खेलमा घरेलु टोलीले रोमाञ्चक जित हासिल गर्यो । खेलमा अग्रता भने रोमाले नै बनाएको थियो ।

लोरेन्जो पेलेग्रिनीले खेलको ३६ मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाए । एन्टोनिन बराकले खेलको ४९ मिनेट र जिअनलुका काप्ररीले गोल गर्दा घरेलु टोली भेरोनाले २–१ को अग्रता बनायो । भरोनाका इभान इलिकले आत्माघाति गोल गर्दा खेल २–२ को स्थितिमा पुगेको थियो । ६३ मिनेटमा डभिड फराओनीले गोल गर्दै रोमाञ्चक ३–२ को जित निकाले । पराजित भएसँगै रोमाले शीर्षस्थान गुमाएको छ । ४ खेलमा पहिलो हार ब्यहोरेको रोमा ९ अंकसहित तेस्रो स्थानमा छ । पहिलो जित हासिल गरेको भेरोना ४ खेलबाट ३ अंक सहित तालिकाको १५औँ स्थानमा छ । गएराति भएको अन्य खेलमा लाजिओ र कागलिअरीले २–२ गोलको बराबरी खेले । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार