राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६वडा कमिटीको अध्यक्षमा सुवेदी र युथ फोर्सको संयोजकमा गुरुङ

बेनी । नेपाल राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६ ,वडा कमिटीको अध्यक्षमा मिलन सुवेदी चयन हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न युवा संघको बैठकबाट सुवेदी अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्षमा लोकेन रोका,सचिवमा भिमबहादुर अर्मजा,सह–सचिवमा विना निउरे र कोषाध्यक्षमा सुमन रोका चयन हुनुभएको छ । सोही अवसरमा युथफोर्स वडा कमिटी र खेलकुद कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले आफ्नो संगठन बिस्तार तथा संगठन सुदृढीकरण गर्ने अभियान अन्तर्गत संगठनका कमिटीहरू विस्तार अभियानलाई निरन्तरता दिएको छ ।

 

युथफेर्स कमिटीको संयोजकमा सौगात गुरुङ ,सह–संयोजकमा अनिल पुर्जा ,सचिवमा सोम रोका ,सह–सचिवमा विकेश जुग्जाली र कोषाध्यक्षमा राजु पुन चयन हुनुभएको छ । त्यसैगरी खेलकुद कमिटीको अध्यक्षमा मनबहादुर रोका ,उपाध्यक्षमा जितबहादुर नेपाली ,सचिवमा नगेन्द्र आचार्य ,सह–सचिवमा गमप्रसाद रोका ,कोषाध्यक्षमा विकास गुरुङ र महिला अध्यक्षमा बबिता विश्वकर्मा चयन हुनुभएको मालिका गाउँपालिका युवा संघ संयोजक विनय जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य नवराज शर्मा र युवा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावलले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार