रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगामा अपराजित रियल म्याड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा घरेलु टोली भ्यालेन्सियाले ६६औँ मिनेटमा गोल गरेको थियो । भ्यालेन्सियाको लागि हुगो दुरोले गोल गरे । रियलले खेल सकिन ४ मिनेटमा रोमाञ्चक जित हासिल गर्यो । ८६औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए । ८८औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै ला लिगामा अपराजित रहेको रियलले ५ खेलमा एक बराबरीसहित १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी २ अंकले बढाएको छ । गएराति बराबरीमा रोकिएको एथ्लेटिको म्याड्रिडसँग समान ५ खेलबाट ११ अंक रहेको छ ।रियलसँग पराजित भ्यालेन्सियाको ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । भ्यालेन्सियाको यो पहिलो हार समेत हो । गएराति नै भएको अर्को खेलमा इस्पान्योल र रियल बेटिसले २–२ गोलको बराबरी खेले । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार