लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

काठमाडौं । लुम्बिनी विद्युत उद्योगको उत्पादन लिटमस केवल ब्रान्डले कम्पनीको ब्रान्ड एमबेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ ।

कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि हमाल जोडीलाई नियुक्त गरेको जनाएको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने बताएको छ ।

लुम्बिनी विद्युत उद्योग नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेन फोर्स्ड कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार