विनियोजन विधेयक आगामी बैठकबाट पारित हुने विश्वास

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले असोज ४ गतेसम्म बजेट सञ्चालन गर्नमा पनि कुनै बाधा नपर्ने टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो अध्यादेशबाट आएको कारणले प्रतिस्थापन विधेयक पेश भइसकेको छ । प्रतिस्थापन विधेयक पेश भइसकेको कारणले त्यो ६० दिनमा अन्त्य हुँदैन । र बजेट यहाँबाट पास हुन्छ भने मलाई लाग्छ ४ गते राखेको छ भइहाल्छ । बजेट सञ्चालन गर्न बाधा पर्दैन ।’

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्का सांसद सोमप्रसाद पाण्डेले किसानहरुलाई मलको समस्या पर्न थालेकाले सरकारले तुरुन्त मलको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । मन्त्रालयमा मन्त्री नभएको भन्ने बहानामा मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले मन्त्रिमण्डल विस्तार पछि सरकारले मलको समस्या र उखु किसानको समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार