शिख माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)

सेते तिलिजा पुन

शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ ,स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले बिहिबार बिद्यालयमा एक कार्यक्रमका विच शैक्षिक सामग्री बितरण गरेको हो ।फाउन्डेसनका म्याडम झउ, र एनसिएफसीका प्रमुख अनुप भट्टराई, लुजा मानन्धर र ज्योति खड्का बिद्यालयमा उपस्थित भएर उक्त शैक्षिक सामग्री सहितको झोला बितरण गर्नु भएको थियो । बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६१ जना छात्रा र ५२ जना छात्र गरि कुल ११३ जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको छ ।

झोलामा कापी, कलम, टिफिन बक्स, टुथपेस्ट, टुथब्रस, टावेल, पानीको बोटल, ज्यामिटी बक्स, कलर बक्स, मास्क, चित्र बनाउने कापी, स्वास्थ्य बक्स, ब्यान्डेज, स्टेसनरी बक्स, लगाएत १९ प्रकारका सामग्री समावेश गरिएको छ । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले विद्यार्थीहरुलाई महत्वपूर्ण शैक्षिक सामग्री सहितका झोला बितरण गरेकोमा संस्थालाई धन्यबाद दिँदै उक्त सामग्रीको सदुपयोग गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केशमाया मगर, अध्यक्षका स्वकिय सचिव बिरेन्द्र पुन लगाएतको उपस्थिति रहेको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर बुदुजाको अध्यक्षता, बिद्यालयका प्रधानअध्यापक केदार बहादुर कार्कीको स्वागत र शिक्षक खेम बहादुर पाइजाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार