शैक्षिक सामग्री बितरण गरेर जन्मदिन मनाए पुर्व शिक्षक सुवेदीले

भकुण्डे। म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम सुबेदीले जन्मदिनको अवसर पारेर आफूले १६ वर्ष सेवा गरेको अर्जुन माबि भकुण्डेका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्नुभएको हो ।

बालकक्षा देखि १२ कक्षा सम्म अध्ययन गर्ने ३४० जना बिद्यार्थीहरुलाई दुई थान कापी र एक वटा कलमका दरले बितरण गर्नुभएको थियो । सुबेदी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर कार्की, प्रअ तिलक घिमिरे, सहायक प्रअ होमनाथ रिजाल, बिद्यालय ब्यवस्थापन समितिका सदस्य डिलबहादुर घिमिरे लगायतले शैक्षिक सामग्री बितरण गर्नुभएको थियो ।

५५ वर्षीय सुबेदीले आफूले पढाएका छ वटा बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर जन्मदिन मनाएको बताउनुभयो । बि।स। २०७२ मा बेनपा–३ को बालप्रिय सारदा आधारभूत बिद्यालयबाट शुरु भएको शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम गत वर्ष कोरोनाका कारण शैक्षिक संस्था बन्द भएकाले भएको थिएन् ।

“फजुल खर्च गर्नुभन्दा आफूले अध्यापन गराएको बिद्यालयमा पुगेर शिक्षक, बिद्यार्थी र ब्यवस्थापन समितिसँग साक्षात्कार गर्दै शैक्षिक सामग्री बितरण गर्दा उपयोगी हुने देखेर यसरी जन्मदिन मनाउने गरेको छु,” उहाँले भन्नुभयो “अबका सबै जन्मदिन यसरीनै मनाउने योजना छ ।”

बेनपा–३ भकिम्लीका सुबेदी हाल सामाजिक लोकतन्त्र अध्ययन केन्द्र म्याग्दीको संयोजक, नेपाल टे«ड युनियन काँग्रेस केन्द्रिय शिक्षा बिभागका सह–संयोजक हुनुहुन्छ । नेपाल शिक्षक संघ म्याग्दीका निबर्तमान अध्यक्ष सुबेदी अर्जुन माबिका पुर्ब स्रोतकेन्द्र प्रमुख र पुर्ब प्रअ हुनुहुन्छ ।रचनात्मक कार्यक्रम गरेर जन्मदिन मनाएर सुबेदीले समुदायलाई शैक्षिक क्षेत्रमा योगदान गर्न प्रेरित गर्नुभएको अर्जुन माबिका शिक्षक शिबकुमार खत्रीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार