सङ्खुवासभा हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका मुख्य योजनाकार सहित चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् । लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक ९एसपी० भीम दाहालले बताए । लोकबहादुरका काका खड्ग बहादुर हत्याको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मिलेर योजना बनाएका थिए । ‘भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा हत्या गर्ने संगठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मिलेर कसैले चिपर्ट र कसैले छुरीले हानेर सामुहिक हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा हस्तबहादुरले मुख थुनेर चिर्पटले हानेर हत्या गरेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार