सङ्खुवासभा हत्याकाण्ड : ‘गरिब भनेर हेप्थे, लौ जा भनेर सबलाई मारिदिएँ’

धनगढी । संखुवासभामा सामुहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले हिजो साँझ समातेको छ। मादी नगरपालिका–१, उमलिङको खोलागाउँमा सोमबार एउटै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्रेको हो।

घटनास्थलबाट मुश्किलले १ सय मीटरको दूरीमा रहेका र हिजो पक्राउ परेका छिमेकीले आफूलाई तेजबहादुर कार्कीले सँधै हेप्ने गरेकाले परिवार नै सखाप बनाएको बताएका छन्। गाउँमै बस्दै र खेतीपाती गर्दै आएका उनले, ‘विदेश गएर दुई छोरोले कमाएको फूर्ति लगाउने र कहिलेकाँही तेजबहादुरले यातना समेत दिने गरेकाले मारिदिएको’ बयान दिएको बताइन्छ।

हत्या आरोपीको भनाइ छ, ‘आर्थिक रुपमा कमजोर भएकाले मलाई हेप्यो। उसले छोरो विदेश गएकाले कमाएको तर गाउँमा खेतीपाती गर्ने आफूले नकमाएको भनेर सँधै हेप्थ्यो। त्यसैले सिध्याइदिएँ।’ गाउँलेका अनुसार कार्की परिवारको नातेदार समेत रहेका आरोपीले परिवारका सबैलाई सोमबार बिहान साढे ५ बजे मारेको समेत बताएका छन्।

घटनामा परिवारका सदस्य तेजबहादुर कार्की उनकी आमा पार्वता कार्की,श्रीमती मनमाया कार्की,बुहारी रञ्जना कार्की,नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो। शुरुको दिनदेखि नै निगरानीमा रहेकाले उनलाई हिजो साँझदेखि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार