सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौँ । राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने भएको छ। प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले आजै बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी गर्नुभएको छ ।

राष्ट्रिय सभाले बजेटमा परिमार्जनका लागि सुझाव नदिई पास गरेर प्रतिनिधि सभामा पठाइदिएको हो। राष्ट्रिय सभाले पारित गरेको सूचना प्रतिनिधि सभाको बैठकमा सचिव गोपालनाथ योगीले जानकारी गराउनुभएको थियो । ‘बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी छु, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले भन्नुभयो, ‘प्रमाणीकरण भए सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ।’

प्रतिनिधि सभाले असोज ४ गते बजेट पारित गरेको थियो। राष्ट्रिय सभाले भने आजमात्रै उक्त बजेट पारित गरेको हो। बजेटका अन्य दुई विधेयक भने अझै पारित हुन बाँकी छ। करका दरसम्बन्धी व्यहोरा उल्लेख भएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाले पारित गरिसकेको छ। तर राष्ट्रिय सभाबाट उक्त विधेयक पारित हुन बाँकी छ। यी विधेयक पारित गर्न राष्ट्रिय सभाको बैठक असोज ८ गते शुक्रबार ११ बजेका लागि डाकिएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार