हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरी छापा

काठमाडौँ । हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट चरेस प्याकिङ कारखानामा छापा मारी दुई जनालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार हस्तकलाका सामानभित्र चरेस प्याकिङ गरेर दोहा पठाउन लागेको सामानसहित धादिङका उर्पा तामाङ र श्याम रोकलाई पक्राउ गरिएको हो । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले बताएको छ । केही दिनअघि विमानस्थलबाट चरेससहित सात जना पक्राउ परेका थिए ।

उक्त घटनाको अनसन्धान गर्ने क्रममा ब्युरोले कपडाका चकटी, डायरी लगायत हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने गरेको फेला पारेको हो । कोठा भाडामा लिएर गिरोहले चरेस प्याकिङ गर्ने कारखाना सञ्चालन गर्दै आएको खुलेको छ । पछिल्लो समय कोरोना महामारीपछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गिरोहले चरेस, हेरोइन लगायका लागूऔषध ओसारपोसारका गतिविधि बढाउँदै आएका छन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार