‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं’ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु रैथाने लोकतन्त्रवादी भएको बताउनुभएको छ । मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुले नभएको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी भएका होइनौं, हामीले रगत पसिना बगाएर ल्याएको हो ।’ उहाँले भन्नुभयो, ‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं । लोकतन्त्रका लागि नेपाली कांग्रेसका कुनै नेताले भन्दा कम सेक्रिफाइज गरेका छैनौं ।’ नेपालको लोकतन्त्र यस्तो हुनुपर्छ भनेर एमालेले अघि सारेको खाका अरु पार्टीसँग नभएको ओलीको दाबी छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार