अबको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन : पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का नेता शंकर पोखरलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रममा परेर पछि लाग्दै आफ्नो भविष्य बर्वाद नपार्न सबै माओवादी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

गृह जिल्ला दाङस्थित नेकपा (एमाले) बबई गाउँपालिका कमिटीले बुधबार आयोजना गरेको बडादसैँ, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य पोखरेलले यस्तो सुझाव दिनुभएके हो।

“पहिलो संविधानसभामा माओवादी जताततै छायो, दोस्रो संविधानसभामा आउँदाखेरि हरायो, स्थानीय चुनावमा जिल्लाभरि खोज्दा पनि कहीँ भेटिएन । पहाडको टाकुरामा भेटियो । अबको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन । यो सच्चाइ हो,” उहाँले भन्नुभयो । पोखरेलले प्रचण्ड षड्यन्त्र गरेर सदैव नेतृत्व हत्याउने काममै सीमित रहेकाले सो पार्टी जनताका लागि नभइ प्रचण्डका लागि मात्रै भएको उहाँले बताउनुभयो ।

सधैभरि आफू नेता भइरहनका लागि प्रचण्डले षड्यन्त्र गरेको र अहिले पनि त्यस्तै षड्यन्त्रमा रहेकाले प्रचण्डबाट अब उज्याले होइन, अध्यारो मात्रै हात लाग्ने बताउनुभयो । प्रचण्डले उत्तराधिकार घोषणा नगर्ने हुँकार गरेर माओवादीमा आफू बाँचुञ्जेल पार्टी नेतृत्वमा रहने घोषणा गरेको र माओवादीमा अरुको हैसियत नरहेको बताउनुभयो । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार