अवरुद्ध विद्युत सेवा सुचारु

बेनी । करिब एक हप्ता पछि अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । विद्युत गृहमा रहेको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असोज देखी म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको थियो । १४ असोजमा बेरिङ बिग्रिएर बन्द भएको ३० किलोवाट क्षमताको लघुजलविद्युत परियोजना मंगलबार रातिदेखी सुचारु भएको दाजुङ खोला लघुजल विद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयको आर्थिक सहयोगमा बुटवलबाट बेरिङ खरिद गरेर ल्याइएको हो भने सोही आर्थिक सहयोगमा प्राविधिक झिकाएर मर्मत गरेर  अवरुद्ध विद्युत सेवा सुचारु गरिएको हो ।

विद्युत आपुर्ती अवरुद्ध हुँदा च्युरिबोट ,ओखरबोट ,महभिर छाप ,खतेन लगायत गाउँका तीन सय ९३ घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए । आर्थिक अभावका कारण नयाँ बेरिङ खरिद गर्न र जडा सहित मर्मतका लागि प्राविधिकको अभाव भएको खबर थाहा पाएपछि बेरिङ खरिद र जडान सहित मर्मतका लागि प्राविधिक ल्याउन सामाजिक संस्था नमस्ते अँफ दिमालयकी अध्यक्ष एन्नी क्लेरी पुन र कार्यक्रम संयोजक रोशन पुनले ७० हजार रुपैयाँ गर्नुभएको थियो । उहाँहरुको सहयोगमा विद्युत आपुर्ति सुचारु गर्न सफल भएको भन्दै अध्यक्ष घर्ति मगरले सहयोगदाता र समन्वय गर्नुहुने क्याप्टेन लक्षमण पुन सहित युके निवासी च्युरीबोट बासीलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै सोही लघुजलविद्युत परियोजना स्तरोन्नती गर्न संस्थाको सहयोगमा भौगोलिक अवस्थाको बारेमा सर्भे समेत गरिएको छ ।

गाउँपालिकाको अधिकांश बस्तीमा केन्द्रिय प्रशारण लाइनको विद्युत पहुँच पुगेको भएपनि वडा नम्बर ४ को फुलबारी र केही बस्ती बाहेकका अन्य बस्तीमा भने अझै विस्तार हुन सकेको छैन् । उक्त सामाजिक संस्था नमस्ते अँफ दिमालयले केही बर्षदेखी च्युरिबोटमा शिक्षा क्षेत्रमा ठुलो सहयोग गर्दै आइरहेको छ । च्युरिबोट ,चिमखोला लगायत नेपालको विभिन्न ठाउँमा शैक्षिक तथा सामाजिक विकासको क्षेत्रमा संस्थाले ठुलो सहयोग गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार