अस्ट्रेलियामा तामाङलाई म्यान फिजिक्स २०२१ को उपाधि

काठमाडौँ । विजयसिंह तामाङले साउथ अस्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् । उक्त उपाधि जितेसँगै उनी अस्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका छन् ।

यसभन्दा पहिले उनले वि.सं.२०७३ सालमा मिस्टर कोसी मा समेत आफ्नो तौल समूह ७०ं मा द्वितिय बन्न सफल भएका थिए । उनी अस्ट्रेलियामा जान पूर्व धरानमा रहेका माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरको ट्रेनर समेत हरेका थिए । म्यान फिजिक्समा वर्ल्ड च्याम्पियन बनिसकेका सुजन शिल्पकारले उनलाई विशेष ट्रेनिङ दिएका थिए । म्यान फिजिक्स २०२१ प्रतियोगिता यही अक्टोबर ३ तारिखमा सम्पन्न भएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार