करिब १५ सय केजी विष्फोटक पदार्थसहित एक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको कुपण्डोलबाट करिब १५ सय किलोग्राम विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका १ कुपण्डोलस्थित गुसिंगलमा टहरा भाडामा लिई भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले ११९४ केजी विष्फोटक पदार्थ बरामद गरेको हो ।करिब २० लाख रुपैयाँ मूल्य बराबरको पटका, भईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थसहित उमेश कुमार जैसवाललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

तिहारका लागि लक्षित गरेर गैरकानुनी रुपमा लुकाई छिपाई विष्फोटक पदार्थ भण्डारण गरेको सूचनाको आधारमा महाशाखाको टोलीले टहरामा छापा मारेको थियो ।पक्राउ अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्वन्धी कसुर अन्तर्गतको मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार