कांग्रेस बेनी नगरको दशैंको शुभकामना आदानप्रदान

बेनी। नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले बेनीमा महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना दिएका थिए ।

सो कार्यक्रममा मन्त्री कंडेलले पार्टीलाई बलियो बनाउन नेताहरुले जनतासंग भाईचाराको सम्वन्ध कायम राख्न आग्रह गर्नुभयो । कांग्रेसको नेतृत्व गर्ने जिल्ला, प्रदेश र पालिकाका सभापति लगायतका नेताहरुले आगामी स्थानीय चुनाव लक्षित गरेर विभिन्न कार्यक्रम लिएर जनतामांझ जानपुर्ने बताए । उनले गण्डकी प्रदेश सरकार जनताहरुको समस्या केन्द्रित भएको बताउदै समन्वयको भुमिकामा म्याग्दी कांग्रेस रहिरहनुपर्ने बताए । आगामी चुनाव एक नम्वर पाटी कांग्रेस बन्ने उद्घोष समेत कंडेलले गरेका थिए ।

बेनी नगर कार्यसमितिका सभापति रविन्द्र कार्कीको सभापतिमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति खमविर गर्वुजा, पुर्व उपसभापति नेत्र महत, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति माधवप्रसाद रेग्मी लगायतका नेताहरुले विजय दशमीको शुभकामना मन्तव्य राखेका थिए । बेनी नगर सभापति कार्कीले नगरपालिकामा पाटीलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकतामा सहकार्य गरेर अघि बढ्ने बताए। नगर सचिव झलक जिसीको संचालनमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेता तथा कार्यकताहरुको उपस्थित रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार