कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराको हरिचोकबाट घान्द्रुकमा जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जिप दुघर्टनमा ८ जनाको मृत्यु भएको र एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार घाइते अवस्थामा भेटिएका यात्रु भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ । घान्द्रुकको कलाभीर भन्ने ठाउँबाट जिप तल मोदी खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन । ​दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटना परेको हुने सक्ने प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार