कैदीबन्दीलाई दसैँ मनाउन खसी उपहार

लमजुङ । लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसियन लमजुङ बार इकाइले दसैँ हर्षोल्लासका साथ मनाउन् भन्ने उद्देश्यले खसी प्रदान गरेको हो ।

नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायत बारका पदाधिकारीले कारागारका नाइके नवीन गुरुङलाई खसी हस्तान्तण गरेका हुन् । नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कैदीबन्दीलाई दसैँको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताउनुभयो ।

कैदीबन्दीले दसैँ पर्व हर्षोल्लासका साथ मनाउन भन्ने मानवीय सोचका साथ बारले १८ हजारको खसी कैदीबन्दीलाई प्रदान गरेको कारागारका जेलर जगदिश मिश्रले जानकारी दिनुभयो । हाल कारागारमा २ जना नाबालक बाहेक १ सय ४ जना कैदीबन्दी रहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार