खुर्पा प्रहार गरी बाबुद्वारा छोराको हत्या

सल्यान । सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार रुपलालको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा जाँदा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनायो । अभियुक्त नीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार