थप ७९२ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ९ सय १० जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ७७ हजार ७ सय ४१ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ५ सय ५४ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार