नवआगन्तुक प्रजिअ रानाद्धारा सरोकारवालाहरुसँग छलफल

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरकारवालाहरुसँग सोमबार वस्तुअवस्थाको बारेमा छलपल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी ,विषयगत कार्यालय ,राजनीतिक दल , जनप्रतिनिधी , संघ संस्था, पत्रकार लगायतसँग जिल्लाको सेवा प्रवाह , विकास निर्माण , सुरक्षामा देखिएका समस्या पहिचान र समाधानका उपायका विषयमा छलफल भएको हो ।

छलफलका क्रममा प्रशासन लगायत विषयगत कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ति भएको , विकास आयोजना अलपत्र परेका र पछिल्लो समय बढेको चन्दा आतंकका कारण सुरक्षा चुनौति बढेको विषयमा जानकारी गराउनुभएको थियो । तीनै तहका सरकारले सञ्चालन गरेका विकास आयोजनामा अयिमितता मौलाएको,नदीजन्य वस्तुको अवैध दोहन चोरी निकासी भएको , प्रशासनको सरोकारवालाहरुसँग बढेको दुरीका कारण समन्वयमा समस्या देखिएको सहभागीले बताएका थिए ।

प्रजिअ रानाले सरोकारवालाहरुको अपेक्षा , गुनासा र सुझाव अनुसार जिल्लाको वस्तुअवस्था बुझेर समस्या र सुधारका उपाय पहिचानका लागि छलफल गरिएको बताउनुभयो । सेवाप्रवाहमा ढिलासुस्ति हटाउने , सुरक्षा अवस्था सुधारका लागि सबै शुरक्षा अंग , समुदायलाई साथमा लिएर अघि बढ्ने तथा विकास आयोजनालाई गति दिन सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । सुधारका लागि प्रशासनले गर्ने साथ र सहयोग तथा सुझवको अपेक्षा व्यक्त गर्नुभयो ।

पत्रकारहरुसँगको छलफलमा प्रजिअ रानाले शुशासनका लागि सुचनाको हक कार्यान्वयनमा प्राथमिकता दिने बताउनुभयो । शुशासनमो प्रमुख सुचक पारदर्शीता कायम गर्न आम नागरिकले राज्यको गतिविधीको सुचनामा पहुँच राख्ने वातावरण बनाउन कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयो । सबै कार्यालयमा सुचना अधिकारी नियुक्त गरेर प्रत्यक तीन तीन महिनामा आफ्ना गतिविधी सार्वजनिक गर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्यिनमा ल्याउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार