नेपाल ट्रेड युनियन म्याग्दीको शुभकामना आदानप्रदान

म्याग्दी । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले बिहिबार घटस्थापनाको दिन पारेर शुभकामना आदानप्रदान गरेको छ । हिन्दुहरुको महान ठुलाे चाड दशैँको सुरु हुने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले अहिलेको कठिन परिस्थीतीमा सबैले सरल तरिकाले चाडपर्व मनाउनुपर्ने बताउनुभयो ।

उहाँले कोरोनाको महामारी केही कम भएको बताउनुहुँदै सुरक्षाको मापदण्ड पालना गरि सुरक्षित तरिकाले दशैं, दिपावली तथा छड पर्ब मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सहसभापती नेत्रबहादुर महत, उपसभापती माधव प्रसाद  रेग्मी, बेनी नगरपालिका प्रमुख तथा पार्टी सचिव हरिकुमार श्रेष्ठ, पुर्व ट्रेड युनियनका अध्यक्ष दुर्गाराम सुवेदी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा टे«ड युनियनका अध्यक्षक कोमलप्रसाद उपाध्यायको अध्यक्षता, उपाध्यक्ष नारायण सुबेदीको स्वागत र सचिव बोधहरी सुबेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार