मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडिओ सहित )

म्याग्दी । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ ।

मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको छ । सदरमुकाम बेनीमा हुने महाधिवेशनमा राष्ट्रिय कार्यकारी समितिको शाखाहरुबाट चुनिएका प्रतिनिधिहरुले भाग लिनेछन् । महाधिवेशनका लागि हल व्यवस्थापन, प्रतिनिधिको बसोबास, अतिथिलाई पत्राचार र प्रचार प्रसारका कामलाई तीव्रता दिईएको मोना अन्तर्राष्ट्रियका अध्यक्ष ओम नारायण जुग्जालीले जानकारी दिनुभयो ।

कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र अनलाइन मार्फत सहभागीता जनाउन पाउने गरि प्रवन्ध मिलाईएको अध्यक्ष जुग्जालीले बताउनुभयो । महाधिवेशनमा २६१ जनाले सहभागीता जनाउने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो ।

मोनाको बेनी स्थित सचिवालयमा समितिका पदाधिकारीहरु आएर विभिन्न संघ संस्था र व्यक्तिहरुसंग महाधिवेशनको औपचारिक कार्यक्रमलाई सफल बनाउने सम्बन्धमा आबश्यक छलफलमा जुट्नुभएको छ । महाधिवेशनलाई सफल बनाउन गठीत उपसमितिहरु मार्फत तयारी तीव्र पारिएको र प्रतिनिधिहरु प्रवासबाट स्वदेश आउनेक्रम समेत बढेको उहाँले बताउनुभयो । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली समेत आयोजना गरिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार