शेयर बजार निरन्तर ओरालो : लगानीकर्ताले निकाले जुलुस

काठमाडौं । पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंको माइतिघरमा बिभिन्न माग राख्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो शेयर र टिएमएसको समस्या छिो समाधान गर, शेयर बजारमाथि अनावश्यक हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसअघि असोज ६ गते पुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा विभिन्न माग राखी ज्ञापनपत्र पेश गरेको थियो । आफ्ना माग ५ कार्यदिनभित्र सम्बोधन गरिने भनिए पनि अहिलेसम्म व्यवहारमा लागू हुन नसकेको लगानीकर्ताको भनाई छ । उनीहरुले लगानीकर्ताको मागका बारेमा कुनै सुनुवाई नभए निरन्तर बिरोध गर्ने बताएका छन् । केन्द्रीय बैंकको पुँजी बजार विरोधी नीतिले सेयर बजार धरापमा परेको आरोप उनीहरुको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार