श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

फराछेतरले श्रीमतीमाथि धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।हत्यापछि उनी फरार भएका थिए। हत्या गरी भागेको भन्ने खबर पाएपछि प्रहरी चौकी दोभाने र इलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई साल्पासिलिछो गाउँपालिका–५ बाखुबाट फेला पारी पक्राउ गरेको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार