श्रीमानद्धारा श्रीमती र छोरीको हत्या

झापा । इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ।

उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ।जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घटनास्थलतर्फ प्रहरी गइरहेको बताउनुभयो । दुई जनाको हत्या भएको जानकारी आएको उहाँले बताउनुभयो। ‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ,’ उहाँले भन्नुभयो। घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किमी टाढा पर्छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार