साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलका नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो। पहिलो फमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो ।

खेलको ८२औं टिनिङ प्वाइन्ट रह्यो । वान भर्सेस वानमा रहेका नेपाली खेलाडीले फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाउनुभयो । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एसियामा नै लडाउन पुगे । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले नै सहजै गोल गर्नुभयो ।

बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ । यो दुर्इ टोलिबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दबाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार