१० जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । शुक्रबार नै सिडिओहरुको सरुवा गर्ने निर्णय भएको भएपनि औपचारिक जानकारी दिएको छैन । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार, १० जना सिडिओको काज सरुवा भएका छन् ।

नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक रहेका सहसचिव जयनारायण आचार्यलाई कास्की सरुवा गरिएको छ । त्यस्तै, भोजपुरमा सहसचिव कमलराज ढकाल, लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्यको सरुवा भएका छन् ।

त्यसैगरी, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ । नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार