६६ औं प्रहरी दिवस : म्याग्दीमा उत्कृष्ट प्रहरी र जेष्ठ पुर्व प्रहरीलाई सम्मान

म्याग्दी । ६६ औँ प्रहरी दिवस म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बुधवार भूतपूर्व ज्येष्ठ प्रहरी, उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगदातालाई सम्मान सहित विजया दशमी, दीपावली,छठ पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान गरेर मनाइएको हो ।

दिवसको अवसरमा प्रमुख प्रहरी नायव उपरीक्षक श्याम कुमार राईले जिल्लाको शान्ति सुरक्षाको अवस्था, समस्या र चुनौति संगै कार्यालयले सेवा प्रवाहमा गरेको सरलीकरण र प्रयासहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्नै संविधान सभा सदस् गोविन्द पौडेलले शान्ति सुरक्षामा नेपाल प्रहरीको महत्वपूर्ण योगदान रेहको बताउँदै जिल्लामा शान्ति सुरक्षालाई थप बलियो र चाडपर्वलाई शान्त वातावरणमा मनाउनका लागि थप रणनैतिक योजनाका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर कटुवाल क्षेत्री , बेनी नगरपालिकाका प्रमुख हरी कुमार श्रेष्ठ , म्याग्दी जिल्लाका जिल्ला न्यायाधीश तेजनारायण पौडेल, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त अवसरमा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा सहित सम्मान अर्पण कार्यक्रम,उत्कृष्ट कार्य सम्पादन गर्ने १६ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण, ५ जना ७० वर्ष भन्दा माथिका जेष्ठ पूर्व प्रहरी कर्मचारीहरुलाई दोसल्ला सहित प्रसंशा पत्रबाट सम्मान तथा समुदाय प्रहरी साझेदारीको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने २ जनालाई प्रसंशा पत्रबाट सम्मान गरिएको थियो । उक्त अवसरमा प्रहरी संगठनका पदाधिकारी र अमर वीर प्रहरीका परिवारहरुसंग पुर्नमिलन कार्यक्रम समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार