अन्नपूर्ण गाउँपालिका रोमनियामा कार्यकारी समिति गठन

सुरेन गुरुङ
शिख। रोजगारीको सिलसिलामा रोमानियामा रहेका म्याग्दीको अन्नपुर्ण गाउँपालिका बासीहरुले अन्नपुर्ण गाउँपालिका रोमनिया कार्यकारी समिति गठन गरेका छन् । समितिको अध्यक्षमा गोविन्द बरुवाल (घार),उपाध्यक्षमा राम गर्बुजा (नारच्याङ) ,सचिव नवराज गर्बुजा (शिख) ,कोषाध्यक्षमा ओमनारायण पुर्जा (स्वात) र सदस्यहरुमा राजु पुर्जा (पाउद्धर) ,क्षेत्र केसी (घार) दिपेन गर्बुजा चयन हुनुभएको छ ।

त्यस्तै सल्लाहकारहरुमा चन्द्र मान बुदुजा ( नारच्याङ) ,मान शेरपुञ्जा (किन्दु)र तारा बहादुर पुर्जा (काफल डाँडा) रहनुभएको छ । रोमानियामा रहेका अन्नपुर्णबासीहरुलाई एकताबद्ध बनाउने उद्धेश्यले समिति गठन गरिएको हो ।

सोही अवसरमा २५ जनाले आर्थिक संकलन गरेर भुरुङ तातोपानीका मृर्गौला रोगी गोपाल पुर्जाको उपचारका लागि ४१ हजार आठ सय रुपैयाँ सहयोग गरेका छन् ।उक्त रकम पत्रकार सुरेन गुरुङले मृर्गौला रोगी पुर्जालाई हस्तान्तरण गर्नुभयो । आगामी दिनमा पनि गाउँपालका भित्र गरिब तथा विपतको समयमा सकेको सहयोग गर्ने सचिव नवराज गर्बुजाले बताउजुभयो । मृगौला रोगी पुर्जाले पोखरा स्थित मनिपाल अस्पतालमा विगत ९ महिनादेखि डाइलासिस गराउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार