एमाले उपमहासचिवमा विन्दा पाण्डेको दाबी

चितवन । नेकपा (एमाले) की केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद विन्दा पाण्डेले पार्टीको उपमहासचिवमा दाबी गर्नुभएको छ । चितवनमा शुक्रबारदेखि सुरू हुने एमालेको दशौं महाधिवेशनमा आफूले उपमहासचिवमा उठ्ने तयारी गरिरहेको पाण्डेले बताउनुभयो।

‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ पाण्डेले भन्नुभयो,‘सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’

नेकपा एमालेमा १५ जना पदाधिकारी हुने व्यवस्था छ। १५ जनामध्ये कम्तीमा पनि एक तिहाइ महिला पदाधिकारी हुनु पर्ने माग उठिरहेको छ। एमालेका केही नेताहरूले अहिले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्नु पर्ने बताइरहेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार