एमाले महाधिवेशनः २ दिन लम्बिँदा डेढ करोड घाटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को १० औँ राष्ट्रिय सम्मेलन निर्धारित समयभन्दा २ दिनबढी लम्बिँदा डेढ करोड बढी खर्च भएको एमालेले जनाएको छ । चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा २ दिन बढी लम्बिँएको छ ।

एमालेले सर्वसहमतिमा नेतृत्व चयन गर्ने तयारी स्वारुप महाधिवेशनको तालिका बनाएको थियो । तर, सहमति नभएपछि एमालेमा निर्वाचन भएको छ । निर्धारित तालिका भन्दा फरक निर्वाचन गर्नुपर्ने भएको कारण अहिले खर्च सोचिएकोभन्दा बढी हुन पुगेको एमालले जनाएको छ । अहिलेसम्म २ दिनको बिल भने आधिकारिक रुपमा आइसकेको छैन ।

तर, एमालेले २ दिनको खर्च डेढ करोडको हाराहारी भएको अनुमान गरेको छ । एमालेले महाधिवेशनको लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको जनाएको छ । ललितपुरको गोदावारीमा भएको विधान महाधिवेशनमा ४ करोड ७१ लाख खर्च भएको एमालेले जनाएको छ । प्रतिनिधिलाई खाना, बस्न र निर्वाचन खर्च दिनमा एक करोड हुने एमालेले अनुमान गरेको छ ।

महाधिवेशनमना २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटेलले थप ३ छाक खाना खुवाउने सम्झौता गरिएको छ । खाना र बेडको लागि मात्र होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँ सम्झौता गरेको छ । सामेमबार र मंगलबार बिहानको लागि व्यवस्था गर्ने गरी अर्को सम्झौता गरिएको छ । थप एक दिनको लागि खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको एमालेले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार