कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को सभापतिमा बुढा

बुर्तिबाङ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतीमा जोकलाल बुढा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न मत गणना प्रतिस्पर्धी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पछि पार्दै बुढा विजयी हुनुभएको हो ।

उहाँले ४१९ मत प्राप्त गरेका छन् भने घर्तीले ३२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिनुभयो । सचिव २ पदमा ४ जनाको उम्मेदवारी परेकोमा धर्मबहादुर घर्ती र नारायणध्वज मल्ल विजयी हुनुभएको छ । घर्तीले ३८० मत र मल्लले ३८९ मत प्राप्त गर्नुभएको छ। सचिव पदका उमेदवार भरत बहादुर के.सीको २७५ र हिमबहादुर भण्डारीको ३५३ मत खसेको थियो । सहसचिवमा ४२२ मतसहित दिपक कुवँर र ३२४ मतसहित निरन चन्द विजयी हुनुभएको छ ।

प्रत्यक्ष खुल्ला सदस्यमा ज्ञान बहादुर श्रीस, दीपेन्द्र कुवँर र राम बहादुर खड्का निर्वाचित हुनुभएकको छ । समानुपातीक खस आर्य तर्फ अनिता कुमारी जैसी ४०३ मत सहित विजयी हुनुभएको छ । समानुपातीक आदीवासी जनजाती खुल्ला तर्फ ५६५ मतसहित भागि बहादुर घर्ती निर्वाचित हुनुभएको छ । समानुपातीक दलित महिला तर्फ कमला विक ४७९ मतसहित विजयी हुनुभएको छ।

दलीत खुल्ला तर्फ ठगबहादुर विक ४८५ मतसहित जिजयी हुनुभएको छ । अल्पसंख्यक, अपाङ्ग खुल्ला तर्फ युवक प्रसाद श्रेष्ठको ४०६ मतसहित विजय हुनुभएको छ । प्रदेश (क) खुल्ला तर्फ कर्णबहादुर कार्की र विरेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । प्रदेश (ख) खुल्ला तर्फ जीवन कुवँर र थमप्रकाश छन्त्याल विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार