कांग्रेस म्याग्दीलाई थप मजबुत र शसक्त बनाउने छु : सभापति गर्बुजा (भिडिओ सहित)

बेनी । बुधबार देखि सुरु भएको नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा पुनः खमबहादुर गर्बुजा ‘खम्बिर’ सर्वसम्मत चयन हुनुभएको छ । सर्वसम्मत सभापतिमा चयन भएपछि निवर्तमान सभापति समेत रहनुभएका गर्बुजाले धन्यवाद व्यक्त गर्दै सबैको सहकार्यमा पार्टीलाई थप मजबुत र शसक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफुले पाएको जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

कांग्रेस म्याग्दीमा पहिलो ठुलो दल भएको भन्दै पार्टीलाई आगामी दिनमा थप बलियो बनाउन सबै बिचमा एकता हुन जरुरी रहेको बताउनुभयो । ‘म्याग्दीमा पहिले हामी कांग्रेस कस्तो थियौं ? अहिले कस्तो छ ? र भविष्यमा कस्तो बनाउने ? भन्ने तपाई र हामीले सोच्नुपर्ने अवस्था आएको छ ,’ –उहाँले प्रश्न गर्दै भन्नुभयो ,‘ म्याग्दीमा कांग्रेस एक नम्बर पार्टी भइसकेको छ । र, आगामी दिनमा पनि पार्टी भित्र हामी एक भयौं भने सबै कम्युनिस्ट पार्टी एक भएर चुनाव लडे पनि पराजित गर्न सक्छौ ।’

कांग्रेसको वडा ,पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट अधिकांश नेतृत्वमा युवाहरुको सहभागिता रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले जिल्लामा कांग्रेसलाई थप बलियो बनाउन वडादेखि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्न र जनताको माग अनुसार अगाडी बढ्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

@myagdinews

पार्टीलाई थप मजबुत र शसक्त बनाउनेछु : सभापति गर्बुजा #myagdinews #khamgarbuja #congress

♬ original sound – myagdinews – myagdinews

कांग्रेस म्याग्दीमा उर्जा थपिएको उहाँको भनाई छ । ‘कांग्रेस म्याग्दीमा उर्जा आएको छ । यो उर्जालाई कसरी क्याच गर्ने भन्ने खालको सोँच छ ,’ उहाँले भन्नुभयो ,‘र,आगामी दिनमा तपाईहरुको चाहना कहिल्यै मर्न दिनेछैन् ।’ उपसभापति लगायत सबै पदमा सहमतिमा नेतृत्व चयन हुने आश्वस्त पार्नुभयो ।

बेलायती गोर्खा सैनिकका सेवानिबृत्त गर्बुजा म्याग्दीको दग्नाम निवासी हुनुहुन्छ । बि.सं. २०७० र ७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्धार बन्नुभएको थियो । आफ्नो नेतृत्वमा पार्टी संगठनलाई थप बलियो बनाएपनि संसदीय निर्वाचनमा भने पराजय भोग्नुप¥यो । नौ जना जिल्ला कार्यसमिति सदस्य र तीन जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत भएका छन्। जिल्ला सभापतिका आकांक्षी पूर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले महाधिवेशन प्रतिनिधिमा मनोनयन दर्ता गर्नुभएको छ ।

महिला सदस्यतर्फ बेनी नगरपालिकाकी मनकुमारी तुलाचन, अन्नपूर्णकी पुष्पा बानिया बरुवाल, मालिकाकी मनरुपा पुन, चमु पुन, मंगलाकी युगकुमारी सेन, धवलागिरीकी रामदेबी पुन, खसआर्य तर्फका सदस्यमा लक्ष्मीकुमारी केसी, आदिवासी जनजाती महिला सदस्य तुलसीदेबी पुर्जा र ललिता तिलिजा सर्वसम्मत हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधितर्फ दलित कोटामा यामबहादुर हर्मेल, श्रीलोकचन्द्र विश्वास विक र अपाङ्ग (अन्य) सुरेन्द्र खत्री चयन हुनुभएको छ । दुई जना उपसभापतिमा अन्नपुर्र्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी र कमल छन्त्यालको उमेद्वारी परेको निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताउनुभयो । दुई जना सचिव पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन, दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उम्मेद्धारी परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार