घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसाल पार्टीको उपाध्यक्षमा पराजित हुनुभएको छ । भुसाल चितवनमा एमालेको नयाँ नेतृत्वको लागि भएको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित हुनुभएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । आज दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाउनुभएको हो ।

अष्टलक्ष्मी शाक्यले उपाध्यक्षमा सबैभन्दा धेरै मत पाउनुभएको छ । त्यस्तै दोस्रोमा सुरेन्द्र पाण्डे रहनुभएको छ । शाक्यले १९७६ मत ल्याउनुभएको छ भने पाण्डेले १९२५ मत ल्याउनुभएको छ । त्यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार