छठमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने, हिमानी पनि सहभागी हुने

काठमाडौँ । छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘२०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल’सहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

सो कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा रहनेछ । समितिले विशेषगरी धनुषा(जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (विरगञ्ज)को घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै पूर्व राजदूत राम भक्त ठाकुरले छठपर्वले सबै नेपालीलाई एकीकृत गर्ने धारणा राखे । २०४७ सालका संविधान पुनःस्थापना हाम्रो अभियानका नेता तथा समाजसेवी किशोरी महतो, नेपाल नागरिक अभियान उपत्यकाका संयोजक राकेश कृष्ण अमात्य, जेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार