दाउरा प्रहार गरी आमाको हत्या

पाल्पा । प्रहरीले दाउरा हानेर आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारु रहेका छन् ।

उनले ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।उनलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार