निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी लाभान्वित (तस्बिर)

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा शनिबार आयोजित एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सयभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा पाखापानी तथा आसपासका क्षेत्रबाट १ सय ५ पुरुष, १ सय २० महिला गरी २ सय २५ जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

आयुर्वेद चिकित्सालय नरदेवी काठमाण्डौमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा.बुद्धि प्रसाद पौडेलको नेतृत्वमा भएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण र पञ्चकर्म विधिबाट उपचार समेत गरेको थियो । आयूर्वेदिक औषधीका बारेमा जानकारी अभाव हुदाँ सामान्य रोगलाई समेत पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गदैं आयूर्वेद औषधीको प्रयोग तथा विधिका बारेमा समेत विरामीलाई जानकारी गराइएको थियो ।

शिविरको गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले उद्घाटन गदैं जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता अनुसार शिविरको आयोजना गरिएको बताउनुभयो । शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनीमा कार्यरत डा सन्देश अधिकारी र कविराज निरीक्षक दामोदर शर्मा, महेन्द्र राखु आयुर्वेद औषधालयका कविराज निरिक्षक लक्ष्मण शर्मा चालिसे, वैद्य निरिक्षक प्रेम प्रसाद गौतम, वैद्य विनोद कुमार यादवले चेकजाँच गर्नुभएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार