नेपाल रेडक्रस सोसाईटी म्याग्दी संयोजक बानियाँलाई पुत्रशोक

म्याग्दी । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका संयोजक अमर बानियाँलाई पुत्रशोक परेको छ। बेनी नगरपालिका–७ हुलाकचोक निवासी नेपाल पत्रकार महासंघका संस्थापक सदस्य, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँको कान्छो छोरा अनिश बानियाँको २९ बर्षको अल्पायूमै आइतबार राती निधन भएको हो।

फोटो व्यवसायी बानियाँले आइतबार दिनभरी विवाह समारोहमा सहभागी भई घर फर्किएपछि एक्कासी शरीर दुख्न थालेको बताएको र बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका थिए । बाल्यकालदेखी नै लगनशिल, मिलनसार र सिर्जनशिल तथा सहयोगी यूवालाई गुमाउनुपरेको छ। मृतक बानियाँको कालिगण्डकी नदीमा अन्त्येष्टी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार