प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म ‘न्याय मार्च’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज बालुवाटार न्याय मार्च सुरु भएको छ । नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको अगुवाइमा बालुवाटार न्याय मार्च सुरु भएको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको आन्दोलनमा अन्य संघसंस्थाले साथ दिएर न्याय माच गरिएको हो । नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गर्दैछन् ।

सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै बालुवाटारतर्फ अघि बढेको हो । जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग मार्चमा सहभागीहरूले गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउन राजनीतिक दल र संसदलाई दबाब दिँदै र्‍याली निकालेका हुन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार