फ्रान्सबाट यूकेतिर तस्करी गरी लगिएका आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

एजेन्सी । बेलायत छिर्ने प्रयासमा रहेका प्रवासी सवार डुङ्गा इङ्लिस च्यानलमा पल्टिँदा २७ जनाले ज्यान गुमाएका छन् । मानवीय हताहती बढ्नसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अन्तरराष्ट्रिय आप्रवास संगठन (आईओएम) ले इङ्लिस च्यानलमा भएको यो दुर्घटना सन् २०१४ यताकै भयानक भएको उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दुर्घटनाका कारण आफू चिन्तित भएको र अबउप्रान्त मानव तस्करी गर्ने गिरोहलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डेगमनाले डुङ्गा दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जना महिला र एक बालिका रहेकी जानकारी दिएका छन् । दुई जनालाई बचाइएको र एक व्यक्ति अझै गायब भएको उनले बताए । बेल्जियमको सीमामा चार व्यक्ति समातिएका र उनीहरू मानव तस्करीमा संलग्न भएको हुनसक्ने फ्रान्सेली अधिकारीहरूले बताएका छन् ।

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटका अनुसार बुधबारमात्रै बोरिस जोनसन र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले ज्यानै जानेगरी आप्रवासीहरू ओसारपसार गर्ने गिरोहमाथि नियन्त्रण गर्नेबारे सहमति जनाएका थिए ।आन्ध्र महासागरस्थित इङ्लिस च्यानलले दक्षिणी इङ्ल्याण्डलाई उत्तरी फ्रान्ससँग जोड्छ । यो संसारको सबैभन्दा व्यस्त ढुवानी क्षेत्र हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार