बन्द सत्र साँझ ७ बजेदेखिः बाँस्कोटा

चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताउनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताउनुभएको छ । अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आउनुभएको थियो । उहाँहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार