बागमति प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मकवानपुर । वागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ। पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गर्नुभएको हो।आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराउनुभएकाे थियाे ।

नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। एमालेका ४३ सांसद छन् तर आज दुई सांसद उपस्थित थिएनन्।यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। यस्तै राप्रपाका दुई सांसद अनुपस्थित रहेका थिए।

नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सम्मिलित गठबन्धनबाट गत कात्तिक १२ मा मुख्यमन्त्री हुनुभएको  थियो ।नेकपा एमालेकी उपाध्यक्षसमेत रहनुभएकी यस अघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि राजीनामा दिनुभएको थियो।

प्रदेश सभा बैठक भने अर्को सूचना नआन्जेलका लागि स्थगित भएको छ। मुख्यमन्त्री पाण्डेले अब मन्त्रिपरिषद विस्तार गर्नुहुने भएका छ । उहाँले यस अघि विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषदलाई विस्तार गर्ने बताउनुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार